बाइबल के हो ? बाइबलको बारेमा पूरा जानकारी ।

बाइबल के हो ? बाइबलको बारेमा पूरा जानकारी ।

  • Post author:
  • Post category:Article
  • Post comments:0 Comments
  • Reading time:0 mins read
You are currently viewing बाइबल के हो ? बाइबलको बारेमा पूरा जानकारी ।

बाइबल भन्ने शब्द ल्याटीन भाषाको बिव्लीया र ग्रीक भाषाको शब्द बिबलोस बाट आएको हो । जसको अर्थ पुस्तहरुको संङग्रह हुन्छ । बाइबलचाहीँ ६६ वटा पुस्तकको सङ्गालो हो । जुन १५०० वर्षको अवधीमा ४० भन्दा बढी लेखकहरुद्धारा लेखिएको हो । प्राचिन समयमा बाइबल ३ वटा भाषामा लेखिएको थियो । आरामीक, हिब्रू र ग्रिक ।
पुरानो करारको धेरैजसो भाग हिब्रु भाषामा लेखिएको थियो । भने थोरै भाग आरामिक भाषामा लेखिएको थियो त्यसैगरी नयाँ करार चाहीँ ग्रिक भाषामा लेखिएको थियो । बाइबल ३ वटा महादेश युरोप, यशिया र अफ्रीकाको विभिन्न भागहरुमा विभिन्न कालखण्डमा लेखिएको हो ।
बाइबल भित्र बेग्लाबेग्लै ६६ वटा पूस्तकहरु छन ति पुस्तकहरुलाई २ वटा भागमा बाँडिएको छ । पूरानो करारमा ( ३९ वटा पुस्तकहरु) छन भने नयाँ करारमा ( २७ वटा पुस्तकहरु ) छन् । बाइबल ४० वटा भन्दा बढी लेखकले विभिन्न स्थान, कालखण्ड र समयमा लेखेता पनी यो एकअर्कामा विरोधावास छैन् ।
बाइबल आफैले पनी दावी गर्छ की यो परमेश्वरको प्रेरणाबाट भएको हो । २ तिमोथी ३ः१६ अनि २ पत्रूस १ः२१ हेरौँ भने । यो श्रृष्टिकर्ता परमेश्वर र उहाँको प्रेमको बस्तुको विच एक ईश्वरिय पे्रम कथाको रुपमा झल्कीन्छ । बाइबल भरी हामी मानीस जाती र परमेश्वर विचको कुराकानी देख्दछौँ । परमेश्वरको उद्देश्य र योजना सुरुवाती समयदेखी नै देख्दछौँ ।
बाइबललाइ सन १३५० मा कार्डिगल ह्युगोले अध्यायहरुमा विभाजन गरेका थिए भने सन १५८९ मा रब्बी नाथानले पदहरुमा विभाजन गरेका थिए । प्राचिन समयमा बाइबललाई छाला, ढुङ्गाको शिलापाटी, चर्मपत्र र धातुहरमा लेखिएको थियो ।
जेरोमले पुरानो र नयाँ करार दुवैलाई ल्याटीन भाषामा एडी ४०५ मा अनुवाद गरे । जुन क्याथोलिक चर्चले एडी ६०० मा आधिकारीक भाषा बनायो । बाइबललाई १६०० शताब्दीसम्म अङग्रजी भाषामा पुर्ण रुपमा अनुवाद गरिएको थिएन । तर आज २४०० भन्दा बढी भाषामा अनुवाद गरिएको छ अनी आज बाइबल संसारको सबैभन्दा बढी पढिने र बिक्री हुने पुस्तक बनेको छ ।
जो ५ मिलियन भन्दा बढी बिक्र्री भइसकेको छ । बाइबलको मुख्य सन्देश भनेको परमेश्वरको उद्दारको योजना हो । विश्वास र पश्चाताप द्धारा पाप र अनन्त मृत्युद्धारा छुटकारा दिने उहाँको एउटा बाटो हो । पुरानो करारमा मुक्तीको धारणाको जरा प्रस्थानको पुस्तकमा इस्रायलीहरुलाई मिश्रबाट छुटकारा दिएकोमा देखीन्छ ।
बाइबलको शूरुको पुस्तक उत्पतीमा र अन्तिम पुस्तक प्रकाशमा एउटै भनाई पाउँदछौँ । जस्तै ः उत्पतीमा शैतानको प्रवेश, मानिस र परमेश्वरको सम्बन्ध बिग्रिएको, स्वर्गिय जीवन नष्ट भएको, श्रापको शूरु, द्धन्द्धको शूरुवात, स्वर्ग र नर्ग पुरानो भएको । त्यसैगरी अन्तीम पुस्तक प्रकाशमा शैतानको नष्ट भएको, मानिस र परमेश्वरको सम्बन्ध पुनस्र्थापना भएको, स्वर्गिय जीवन फेरी आएको, श्रापको अन्त्य, स्वर्ग र पृथ्वीको नविकरण भएको ।
त्यसकारण बाइबल एउटा पुर्ण पुस्तक हो भनेर पुष्टी हुन्छ । धेरैले बाइबललाई इसाई जीवन जीउनको लागी मार्गनिर्देशन गर्ने पुस्तक पनि भनेका छन । जसरी दाउदले भजनसंङग्रह ११९ः१०५ मा भनेका छन की तपाईंका वचन मेरा गोडाका निम्तिः बत्ती,र मेरो बाटोको निम्ति उज्यालो हो। हामी आत्मिक प्राणी भएको नाताले हामीलाई बस्न र हुर्कनको लागि आत्मिक वातावरण चाहिन्छ, र यो परमेश्वर स्वयम् हुनुहुन्छ जो हाम्रो वास्तविक वातावरण हुनुहुन्छ।
हामी उहाँमा जीउँछौं र चहलपहल गर्छौ र उहाँमा हाम्रो अस्तित्व छ प्रेरित १७ः२८ त्यसोभए हामी उहाँमा आशा राख्नुपर्दछ कि उहाँ हामीलाई सिकाउनुहुन्छ, डो¥याउनुहुन्छ र हामीलाई आफ्नै जीवनमा र इतिहासभरि मायाले आकर्षित गर्नुहुन्छ।परमेश्वर र उहाँका जनहरूबीचको विकासशील सम्बन्धको रेकर्ड बाइबल हो । उहाँ केवल शब्दहरू र कानूनहरू मात्र निर्देशित गर्नुहुन्न, तर उहाँसँग मित्रताको करारमा बाँचिरहेका व्यक्तिहरूको समुदाय निर्माण गर्दा भविष्यवक्ताहरूको हृदय र दिमागमा सत्यता र भलाइको व्यक्तिगत दर्शनलाई प्रेरित गर्नुहुन्छ।

विब्लोग्राफी :

१) श्रेष्ठ, विरेन्द्र । पूरानो करारको परिचय । ललितपुरः बेथानी बुक्स, २०२१ ।
२) पवित्र बाइबल

Leave a Reply