पार्थना भननेको के हो ?

पार्थना भननेको के हो ?

  • Post author:
  • Post category:Devotion
  • Post comments:0 Comments
  • Reading time:2 mins read
You are currently viewing पार्थना भननेको के हो ?
File Photo

प्रार्थना भनेको परमेश्वर र मानिसको बिचमा हुने दोहोरो कुराकानी वा वातचित हो । जसमा मानिसले बोलेको परमेश्वरले सुन्नहुन्छ (यशैया ६५ः२४, १ पत्रुस ३ः१२) र परमेश्वरले बोल्नुभएको मानिसले सुन्नुपर्छ ( यशैया ५५ः३, लुका ११ः२८)प्रार्थना एउटा नम्र निबेदन हो । (२ ईतिहास ७ः१४, भजन ११९ः १७०)

उदाहरणको लागी हामी हेर्न सक्छौ बाइबल बाट जहाँ हन्नाले प्रार्थना गरेकी छिन अनी परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभएको छ ।

१ शमूयल १ः१–२०

शमूएलको जन्म
1रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए। 2हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।
3एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान्‌ परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए। 4बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे, 5तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो। 6तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌। 7साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌। 8तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्‌ता छैनँ र?”
9एक पल्‍ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्‍नाह उठिन्‌। त्‍यस बेला पूजाहारी एली परमप्रभुका मन्‍दिरको ढोकाको छेउमा आफ्‍नो आसनमा बसिरहेका थिए। 10हन्‍नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्‌। 11हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान्‌ परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो र मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, र एउटा बालक दिनुभयो भने, म त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, र त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।” 
12तिनले धेरै बेरसम्‍म परमप्रभुको सामु प्रार्थना गरिन्‌। एलीले तिनका ओठ चलेका देखे। 13हन्‍नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्‍यो। एलीले तिनी मातेकी स्‍त्री हो भनी ठाने। 14अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्‍म यस नशामा रहन्‍छ्यौ? मद्य त्‍यागिदेऊ।”
15तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु। 16हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु:ख र कष्‍ट ज्‍यादा भएको कारण म प्रार्थना गरिरहिछु।”
17एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”
18हन्‍नाहले भनिन्, “म तपाईंको दयाको योग्‍य हुन सकूँ।” त्‍यसपछि तिनी गइन्‌ र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्‌।
19भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो। 20हन्‍नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्‍यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्‍थिन्‌।
Footnote :
  1.  1 Samuel 1:1-20
  2. यशैया ६५ः२४
  3. १ पत्रुस ३ः१२
  4. यशैया ५५ः३
  5. लुका ११ः२८
  6. २ ईतिहास ७ः१४
  7. भजन ११९ः १७०
  8. २ ईतिहास ७ः१४

 

Leave a Reply