हामीले प्रार्थना गर्दा सुनाई नहुनुका कारणहरु यस्ता छन् ।

हामीले प्रार्थना गर्दा सुनाई नहुनुका कारणहरु यस्ता छन् ।

  • Post author:
  • Post category:Devotion
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing हामीले प्रार्थना गर्दा सुनाई नहुनुका कारणहरु यस्ता छन् ।
File Photo

१. स्वीकार नगरीएका पापहरु
कति पटक हामी प्रार्थना गर्छौ तर हाम्रो प्रार्थना सुनाई हुँदैन । कारण हामीले स्वीकार नगरिएका पापहरु प्रार्थनाका बाधा बनेका हुन्छन । जसो वचनले यशैया ५९ः१–२ मा बताउँदछ : निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन।

२. क्षमा नदिने हृदय ।
प्रार्थनामा बाधा दिने अर्को कुरा हो क्षमा नदिने हृदय । कतिपटक कस्तो हुन्छ भने हामी अरु मानिसहरुको सम्बन्धमा क्षमा लिने दिने गर्दैनौ । हामी सोच्छौ हामीले परमेश्वर सित सम्बन्ध राखे भइहाल्यो नी भनेर तर वचनले हामीलाई एकअर्कालाई क्षमा दिन माग्न सिकाउँदछ । येशूले प्रार्थना गर्न सिकाउदा नी त्यो कुरा सिकाउनुभयो । मत्ती ६ः१२ मा ‘हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।’  मर्कुस ११ः २५–२६ ‘ जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।  [तर क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”

३. गलत बिचार
पार्थनामा बाधा दिने अर्को कुरा हो गलत विचार । हामी प्रार्थना त गर्छौ तर हामीले प्रार्थनामा आफ्ना अभिलाषा पुरा गर्नलाई गलत तरिकाले माग्छौ भने हाम्रो प्रार्थना सुनाई हुँदैन । जसो वचनले याकुव ४ः३ मा भन्दछ ः तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।

४. अविश्वासी हृदय
प्रार्थनामा बाधा दिने अर्को कुरा हो अविश्वासी हृदय । हामीले प्रार्थना गर्दा अविश्वासी हृदयका साथ ग¥यौ भने त्यो प्रार्थना सुनाई हुँदैन । कारण बाइबलले हिब्रू ११ः६ मा यसो भन्छ ः विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

Footnote :

  1. यशैया ५९ः१–२
  2. मत्ती ६ः१२
  3. मर्कुस ११ः २५–२६
  4. याकुव ४ः३
  5. हिब्रू ११ः६

 

Bibliography

NNRV Bible

Leave a Reply