खराब परिस्थीति बाट गुज्रीदा येशू मात्र साहारा ।

खराब परिस्थीति बाट गुज्रीदा येशू मात्र साहारा ।

  • Post author:
  • Post category:Article
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing खराब परिस्थीति बाट गुज्रीदा येशू मात्र साहारा ।

मानिसको जिवनमा उतार चढाब आइरहन्छन् । मानिस कहिले दुःख कष्टबाट भएर गुज्रीनुपर्छ भने कहिले सुखबाट । तर फरक यही छ की सुखबाट भएर जाँदा उ सित प्रशस्त मित्रहरु हुन्छन भने दुःखबाट गुज्रीदा कहिले त कोही पनि हुँदैन भने कहिलेकाहीँ कोही साथमा हुन्छन् । सुख बाट भएर जाँदा धेरै मानिसहरुले भरोसा दिलाउँछन् । जसकारण त्यो मानिस उनिहरु माथी भरोसा गरेर जिउन थाल्दछ ।

अनी यता परमेश्वर सितको भरोसालाई कमजोर बनाउन थाल्दछ । किनकी उसले नदेखेको कुरा भन्दा देखेको कुरामाथी आफ्नो भरोसाको जग बसाल्दछ । तर समय बित्दै जाँदा उ दुःख कष्टबाट भएर पनि जानु पर्दछ । त्यतिबेला उसको मानिसहरु माथी गरेको भरोसाको जग बिस्तारै भत्किैदै जान्छ । त्यो समयमा जसमाथी भरोसा गरेको हुन्छ त्यो मानिसले फोन उठाइ दिदैन, मेसेजको प्रतिक्रृया दिदैन, विभिन्न वाहाना गरी पन्छिन थाल्दछ , अस्वीकार गर्न थाल्दछ र टाढिन थाल्दछ । त्यतीबेला उसलाई परमेश्वरको याद आउन थाल्दछ अनी उहाँको वचनहरु दिमागमा सरर बग्न थाल्दछन् ।

बाइबलमा जहाँ यस्तो लेखिएका छन्, आफ्नो भरोसा संसारका शासकहरुमाथी नराख, मरणशील मानिसमाथी, जसले बचाउन सक्दैनन् । भजनसंग्रह १४६ः३, एउटा छिमेकी माथी भरोसा नगर । एउटा मित्रमाथी विश्वास नगर । आफूसँगै अंगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल । मिका ७ः५, परमप्रभू यसो भन्नुहुन्छः श्रापित होस् त्यो मानिस, जसले मानिसमाथी भरोसा राख्तछ, र शारिरीक शक्तिमाथी भर पर्दछ, जसको हृदय परमप्रभूबाट तर्किएको छ । यर्मिया १७ः५, नाकका प्वालमा सास हुने मानिसमा तिमिहरु भरोसा नराख, किनकि त्यसको मोल नै के छ र ? यशैया २ः२२ जब यी वचन दिमागमा आएपछि उक्त मानिसको होस खुल्छ ।

अब यी पदहरुले भन्न खोजेको कुरा यो होइन कि मानिसमाथी भरोसा नै नराख्ने भनेको होइन तर हाम्रो पूर्ण भरोसा परमेश्वरमा मात्र राख्नुपर्दछ । ताकी मानिसमाथी राखेको थोरै भरोसा टुटि गए पनि त्यसले कुनै चोट नपारोस । किनकी परमेश्वर भरोसायोग्य हुनुहुन्छ । उहाँले उहाँमाथी जो कोहीको पनि भरोसा राख्छ त्यसको भरोसा कहिल्यै तोड्नुहुदैन । अनि अर्को बुझ्नुपर्ने कुरा चाहीँ मानिस सृष्टिकर्ता होइन तर सृष्टी गरिएको हो । जसकारणले गर्दा उ सिमित कुराहरु मात्र गर्न सक्छ भने फेरी मानिस पापमा परेपछि झन उसको स्वभावमा कुरुप आएको छ । जसकारणले गर्दा उसले दिनहुँ पापमय कुरा सँग संघर्ष गरिरहेको छ ।

अब हामीले बुझ्नुपर्ने कुरा जो आफैँ पापमय कुरासित संघर्ष गरिरहेको छ अनी उ सृष्टी गरिएको हो भने हामीले सृष्टीकर्तामा हाम्रो भरोसा राख्ने की सृष्टी गरिएको कुरामा ? यो कुरा हामीले नियाल्न जरुरी छ । परमेश्वरको वचनले सधै परमेश्वरमा भरोसा राख्नुपर्छ भन्दछ । ‘हे मानिस हो सब समय, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल, किनकी परमेश्वर हाम्रोशरणस्थान हुनुुहुन्छ ।’ भजनसंग्रह ६२ः८, ‘ आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफ्नै समझशक्तीमा भर नपर् । हितोपदेश ३ः५, ‘ तर त्यो मानिस धन्यको हो, जसले परमप्रभूमा भरोसा राख्तछ, जसको आशा परमप्रभू हुनुहुन्छ ।’ यर्मिया १७ः७

अब अन्तमा यहि हो की हाम्रो पूर्ण भरोसा हामीले परमेश्वरमा मात्र राख्नुपर्दछ । जहाँ उहाँले मानिसले झैँ उहाँमाथी राखेको भरोसा तोड्नुहुन्न । उहाँले मानिस झैँ बहाना गर्नुहुदैन तर उहाँले हरसमय हाम्रो पुकारा सुन्नुहुन्छ अनी जवाफ दिनुहुन्छ । हाम्रो खराब परिस्थीती सित सामना गर्न बल, शक्ती, सामथ्र्य, उत्साह, जोश र म तिम्रो साथमा छु भनी आड दिनुहुन्छ । त्यसकारण हामी चाहे जस्तो परिस्थीती बाट जाऔँ चाहे सुखबाट होस वा खराब परिस्थीतीबाट उहाँ हाम्रो सहारा अनी भरोसाको किल्ला हुनुहुन्छ । जो सित हामी हाम्रो पुरा हृदयले भरोसा गर्नसक्छौँ ।

रिक वारेन भन्छन् ‘ तपाई जति धेरै विश्वास र भरोसा परमेश्वरमा गर्नुहुन्छ तपाईको परिवार, तपाईको भविष्य अनी तपाईको जीवनको निम्ति तपाईका सम्भावनाहरु असमित हुन्छन् ।’ त्यसकारण यदि हामी उहाँमा भरोसा राखेर जिउन थाल्यौ भने हामी सधैँ जस्तोसुकै परिस्थीती हाम्रो जिवनमा आएतापनी हामी त्यो सँग सामना गरी जिउन सक्छौँ ।

 

Leave a Reply