त्यो एउटा गल्ती – वास्तविक कथा

त्यो एउटा गल्ती – वास्तविक कथा

  • Post author:
  • Post category:Stories
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing त्यो एउटा गल्ती – वास्तविक कथा
Photo

डिसेम्बर १ तारिकको कुरा हो । जुन दिन विश्व एड्स दिवस थियो । मैले जनचेतनाको निम्ती मेरो पेज निशान घर्ति भन्नेमा ‘ असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नारालाई आफ्नो वालमा पोष्ट गरे । साथै त्यहाँ यो पनी लेखे कि नेपाली इसाई दाजुभाई दिदिबहिनीहरुले यो कुराको निम्ती प्रार्थना पनी गरौँ । त्यो पोष्ट गरेको केही समय पछी मेरो पेजको इनबक्समा एउटा मेसेज आयो ।

जहाँ एकजना युवतीले हेल्लो भनेर लेखेकी थिईन । मैले जवाफमा हजुर भनेर प्रतिक्र्रया फर्काए । अनी उनले कहाँ बाट हो हजुर ? भनेर भनिन । अनी मैले सुर्खेत बाट भनी जवाफ सँगै मैले सोधे सो तपाई नी ? उनले आफु झापा बाट भएको बताईन जवाफ सँगै उनले पनी सोधिन तपाई ख्रीष्टियान हो ? मैले सहजै आफू ख्रीष्टीयन भएको बताए । अनी उनले पुनः प्रश्न गरिन तपाई पाष्टर बा हो ? मैले जवाफमा आफू पाष्टर भएको बताए । यसरी हाम्रो संवाद अगाडी बढ्दै थियो अनी उनले भनिन म तपाईलाई केही कुरा बाँड्न चाहान्छु । हजुर हुन्छ नी भन्नुहोस भनी मैले बताए ।

अनी उनले भनिन म अचम्म छु कसरी भनु म आफैलाई विश्वास लागेको छैन । हजुर पनी जिल्ल पर्नुहुन्छ होला । हजुर एउटा पाष्टर बा हुनुहुँदो रहेछ । मलाई यो कुरा बाँड्न मन लाग्यो । म बिरामी छु । मैले ख्रीष्टीयान भएर दैनिक प्रार्थना गरे भने निको हुन्छु पाष्टर बा ? भनी उनले अन्त्यमा प्रश्न तेर्साइन । मैले जवाफमा भने तपाईले मलाई मनको कुरा बाँड्नको लागी विश्वास गर्नुभयो, धन्यवाद । कस्तो खाले बिरामी हो भनी मैले सोधे । उनले जवाफ दिई भन्न थालिन भाग्यले ठग्यो मलाई मान्छेहरुले पनी ठगेका छन् । मैले भन्नु कसरी मलाई एचआईभीको शंका छ । तर निश्चत छैन । उनले त्यो भनेपछी मैले चेकअप गर्नको निम्ती सल्लाह दिए ।

तर उनी भन्दैथिईन मैले मिडियामा चर्चमा रोगीहरु निको भएको देखेकी छु । चर्चमा आएपछी निको भइन्छ ? भन्ने कुरा सोधिन मैले उनलाई जवाफमा भने चर्चमा आएर निको हुन्छ नै म भन्दिन त्यो परमेश्वरको इच्छा र तपाईको विश्वासको कुरा हो । तर प्रभूमा विश्वास गर्नुभयो भने पाप बाट चाहीँ मुक्ती निश्चित रुपमा पाउनुहुन्छ भनी मैले भने ।

यसरी हामीले हाम्रो कुराकानीलाई निरन्तरता दियौ । उनले आफ्नो कुरा पनी खोलिन आफ्नो केटा साथी सित शारिरिक सम्बन्ध भएको र केही वर्ष पछी अर्को केटाले उनलाई ब्ल्याकमेल गरी उनीसित शारिरीक सम्बन्ध राखेको कुरा बताईन । उनलाई एचआईभीको शंका लागेको चाहीँ ति शारिरीक सम्बन्ध पश्चात घाटीँमा फोका आएको कारणले रहेछ । उनले युटुवमा एचआईभीको लक्षणमा त्यो कुरा भएको पनी देखेकी रहेछिन ।

मैले उनलाई एचआईभीको अरु लक्षणहरु पनी बताए । जो अरु लक्षणहरु उनमा देखा नपरेको बताईन । उनलाई परिवार र समाजले एचआईभी लागेको थाहा पाएपछी कस्तो प्रकारले व्यवहार गर्लान भन्ने ठूलो डर रहेछ । जसकारण उनी चेकअप गराउन जान पनी नसकेको बताईन । उनी सित लामो समय मेसेजमा कुरा भएपछी मैले फोन नम्बर मागे । ताकी हामी फोन मार्फत अझैँ राम्रो सित कुरा गर्न सक्थ्यौ । उनले फोन नम्बर दिईन र हामीले फोन मार्फत कुरा गर्न थाल्यौ ।

मैले बहिनीलाई भने एचआईभी लागेतापनी जिवन नै सकिदैन यदि निरन्तर औषधी सेवन ग¥यो भने मानिसले आफू जिउनु पर्ने आयु जती छ त्यती मजाले जिउन सक्छ । यसरी लामो समयपछीको कुराकानी पश्चात हामी एकपटक चेकअप गर्ने कुरामा टुङगीयौ । बहिनीलाई मैले भने मेरो एकजना घनिष्ट मित्र तिम्रो छिमेकी शहरमा बस्दछन् । म उनी सित सहयोग माग्छु ताकी तिमीलाई उनले लिएर हस्पीटलमा चेकअप गर्नको लागी सहायता गर्नेछन भनी भने साथै बहिनीलाई यो कुरा पनी भने उनीले यो कुरा गोप्य राख्नेछन तिमी चिन्ता गर्नुपर्दैन भनि बताए । बहिनीले हुन्छ भनीसकेपछी मैले मेरो मित्रलाई बहिनीको बारेमा बताए ।

उनले मेरो अनुरोधलाई स्वीकार गरी आफूले बहिनीलाई सहयोग गर्ने कुरा बताए । अनी मैले बहिनीको सम्पर्क नम्बर दिए । केही दिन पश्चात बहिनीले आफूहरु हस्पीटल जान लागेको कुरा मलाई बताईन । मैले भने हामी प्रार्थना गर्नेछौँ । चिन्ता नगर भनि बताए । उनीहरु चेकअप गराउन हस्पीटल गए । तर त्यसको रिपोर्ट भोलिपल्ट मात्र आउने भएकोले उनीहरु घर तिर फर्किए । बहिनीले मलाई मेसेज गरेर बताइन की दाई रिपोर्ट भोली आउँछ रे । मैले बहिनीलाई भने चिन्ता नगर जे भएपनी त्यसको उपाय छ ।

हामी प्रार्थना गर्छौ भने । भोलिपल्ट बहिनीले दाई मेरो रिपोर्ट नेगेटिभ आयो भन्दै उनले खुशीको इमोजिस पठाईन साथै भनिन की धन्यवाद दाई हजुरले मलाई सहायता दिनुभयो । हजुरले मलाई बुझिदिनु भयो । मैले जब त्यो कुरा सुने म खुशी हुँदै सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिए । अनी बहिनीलाई भने अब नयाँ जिवन सुन्दर जिउनुपर्छ । उनले हुन्छ दाई भन्दै प्रतीक्र्रया दिईन । आज उनले नयाँ जिवनको सुरुवात गरेकी छिन् ।

             – निशान घर्ति मगर

Leave a Reply