नेपाली ख्रीष्टियान पोडकास्ट नेपालको विभिन्न ठाउँहरु बाट सुरु ।

नेपाली ख्रीष्टियान पोडकास्ट नेपालको विभिन्न ठाउँहरु बाट सुरु ।

  • Post author:
  • Post category:Blog
  • Post comments:0 Comments
  • Reading time:2 mins read
You are currently viewing नेपाली ख्रीष्टियान पोडकास्ट नेपालको विभिन्न ठाउँहरु बाट सुरु ।

कोभिड – १९ महामारीको कारण नेपालमा पनि लक डाउन भयो । त्यही समयमा नेपालमा पोडकास्टहरुको पनि उदय भयो । अनी नेपाली इसाई समुदायमा पनि पोडकास्टका लहर छाउन थाल्यो । हाल नेपालको विभिन्न ठाउँहरु बाट नेपाली ख्रीष्टियान पोडकास्टहरु युटुवमा छाइरहेका छन् ।

१. Authentic Word

Authentic Word बाइबलमा आधारित नेपाली कुराकानी हो। जुन चाहीँ ललितपुरबाट शुरु भएको हो । हामी ठूलो मात्रामा दुरुपयोग गरिएको बाइबल पदमा छलफल गर्ने प्रयास गर्छौं र तिनीहरूलाई मौलिक सन्दर्भमा बुझ्न मद्दत गर्छौं। हामी स्थानीय चर्चहरू बाइबलीय अभ्यास र सही सिद्धान्तमा फस्टाएको देख्न मन पराउँछौं, हामी चर्चको आवश्यक कुराहरूमा पनि कुरा गर्छौं।

२. 9th Hour

 9th Hour पोडकास्टमा स्वागत छ। जुन चाहीँ चितवनबाट शुरु भएको हो । यदि तपाईं जीवनमा सत्य बुद्धि र स्वतन्त्रताको लागि ईमानदारीपूर्वक खोज्दै हुनुहुन्छ भने। हामी यहाँ नयाँ पोडकास्टको साथमा संसारका गहिरो नक्कली सिद्धान्तहरू, पापहरू र दुष्टताहरूलाई सत्य र बुद्धिद्वारा उन्मूलन गर्नका लागि यहाँ छौं। यो किनभने परमेश्वरको वचनले भन्छ तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।” युहन्ना ८ः३२

 

३. Bible Daily Nepal

Bible Daily Nepal पोडकास्ट  सुर्खेतबाट शुरु भएको हो । जहाँ हामी विश्वासमा आधारित कुराकानी गर्दछौँ । जहाँ हामी विभिन्न व्यक्तिहरुका विश्वासको यात्रा, सेवकाईको जीवन, उत्साहका कुरा, साँचो सिद्धान्तका कुरा लगायत स्थानिय मण्डलीले संघर्ष गरिरहेका विभिन्न समसामियक विषयको बारेमा चर्चा गर्दछौँ । ताकी ख्रीष्टको मण्डली सिङ्गारियोस । जसरी वचनले भन्छ ः आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ। १ तिमोथी ४ः१६

४. Set Apart Podcast

Set Apart Podcast जुन चाहीँ ललितपुरबाट शुरु भएको हो ।

 

५. Sanghu Podcast

Sanghu Podcast जुन चाहीँ पोखरा बाट शुरु भएको हो ।

Leave a Reply