‘‘ नेपाली इसाई जवानहरुमा बढ्दो अन्यजाती विवाह ’’

‘‘ नेपाली इसाई जवानहरुमा बढ्दो अन्यजाती विवाह ’’

You are currently viewing ‘‘ नेपाली इसाई जवानहरुमा बढ्दो अन्यजाती विवाह ’’

परिचय

नेपाली नेपाली इसाई जवानहरुमा बढ्दो अन्यजाती विवाह बढ्दो सख्यामा भईरहेको छ । विश्वासी केटाले अन्यजाती केटीलाई भगाएर विवाह गर्ने अनी विश्वासी केटी अन्यजाती केटा सित भागेर विवाह गर्ने क्रम बढ्दै गइरहेको छ । मैले विभिन्न पाष्टर, अभिभावक अनी युवाहरुलाई प्रत्यक्ष भेटघाट गरी यी कुराको बारेमा कुराकानी गरी यो कुरा हुनको पछाडी रेहेका केही कारणहरु ल्याएको छु । किन विश्वासीहरु अन्यजाती सित विवाह गरिरहेका छन त ? साथै यो हुनुमा क– कसको कमजोरी छ त ? अनी समाधान के त ? भन्ने जस्ता कुराहरुको बारेमा प्रस्तुत गर्नेछु ।

विवाह सम्बन्धी बाइबलिय शिक्षाको कमी

अन्यजाति सित विवाह गर्नुको कारण विवाह सम्बन्धी बाइबलिय शिक्षाको कमी हुनु पनि प्रमूख कारण मध्ये एक हो । विवाह सम्बन्धी शिक्षा धेरैजसो मण्डलीमा विवाहको दिन मात्र दिइन्छ तर अरुबेला चर्चमा विवाह सम्बन्धी न त वचन नै हुन्छ न त तालिम नै हुन्छ । नेपाली समाजमा विवाह र यौनको बारेमा खुल्ला रुपमा कुराकानी गर्न लाज मान्छन । यी विषयहरुमा खुलेर कुराकानी गर्ने बानी छैन । त्यहीँ कुरा मण्डलीमा पनी देख्न सक्छौ । विवाह र यौनको बारेमा धेरैजसो मण्डलीमा वचन प्रचार गरिदैन । जसकारणले गर्दा विवाह गर्ने उमेर भईसकेका युवा युवतीहरुले विवाहको बारेमा बाइबलिय शिक्षा नपाएको कारणले गर्दा अन्यजाती केटा केटी सित प्रेम गर्न पुग्छन् । अनी उनीहरुले बरु यस्तो शिक्षा संसारबाट पाएका हुन्छन की प्रेम नै ठूलो कुरा हो धर्म भन्दा । प्रेम छ भने चाहे जुनसुकै धर्मको किन नहोस त्यसले फरक पार्दैन भन्ने शिक्षा विभिन्न फिल्म, लेख अनी गितहरुबाट पाइरहेका हुन्छन् । जसकारणले गर्दा उनीहरुलाई अन्यजाती सित विवाह गर्ने कुरामा कुनै पछुतो लाग्दैन ।
गलत शिक्षा

अन्यजाति सित विवाह गर्नुको अर्को कारण हो गलत शिक्षा । बाइबलिय शिक्षाको कमी भएका पाष्टर, अगुवा र अभिभावकहरु लगाएत युवाहरु गलत शिक्षाको शिकार भईरहेका छन् । मैले धेरैजना पाष्टर, युवाहरु अनी अभिभावकहरु सीतको कुराकानीमा केही व्यक्तीहरुले यस्तो कुरा भनेको पनी पाए की अन्यजाती सित विवाह गर्दा वा विवाह गरी ल्याउँदा झन उ ख्रीष्टियान बन्छ । उसको आत्मा बाँच्छ । त्यसकारणले गर्दा अन्यजाती सित विवाह गर्दा वा विवाह गरी ल्याउँदा त्यस्तो केही फरक पर्दैन भन्ने कुरा गरे । यस्तो प्रकारको गलत शिक्षा भएको कारणले गर्दा

फुटनोट

1. बाबु परियार, मेसेन्जरबाट उत्तर (जुलाई २८, २०२२) ।

पनी अन्यजाती सित विवाह गर्ने क्र्रम बढिरहेको छ । मेरो पाष्टरले मलाई अन्यजाती सित विवाह गर्दा केही हुँदैन तर उसलाई पछि ख्रीष्टियान बनाउनु पर्छ भन्नुहुन्थ्यो । वास्तवमा पछि मैले बाइबल तालिममा जाँदा बुझे की अन्यजाती सित विवाह गर्नू हुँदोरहेनछ । वास्तवमा यस्तो प्रकारको गलत शिक्षा कति पाष्टर अनी युवाहरुमा परेको छ । परमेश्वरले कहिल्यैपनी उहाँको वचन विरुद्ध गएर विश्वासी बनाउने भन्ने कुरालाई स्वीकार गर्नुहुन्न । यो कुरालाई नबुझ्दा गलत शिक्षाको कारण धेरै इसाईहरुले अन्यजातीहरु सित विवाह गरेको कारण प्रभूलाई त्याग्न वाध्य भएका छन भने कतिजना दुःखदायी जिवन बिताईरहेका छन् ।

अभिभावकले निभाउनुपर्ने भूमिका ।

अन्यजाती सित विवाह गर्नुमा अभिभावकको पनी कमजोरी छ । घर पहिलो पाठशाला भनेर भनिन्छ । एउटा अभिभावकको भूमिका छोराछोरी जन्माउनु मात्र होइन तर उनीहरु ठिक मार्गमा डो¥याउनु पनी हो । अब नेपालको सन्दर्भमा हेर्ने हो भने प्रायः घरमा छोराछोरी र बुबा आमा बिच एकअर्कामाझ खुलेर कुराकानी गर्ने वातावरण हुँदैन । बुवाआमाले छोराछोरीलाई गल्ती गरिसकेपछी गाली गर्ने, अरु सित तुलना गर्ने, यस्तो गर उस्तो गर भन्ने जस्ता कुराहरु गरिन्छ । अनी छोराछोरीले पनि आफूलाई चाहिएको कुरा घुर्की लगाएर माग्ने, रिसाउने, आफ्नै तालमा जिउने जस्ता कुराहरु गरिन्छ । यो कुरा केवल अन्यजाती परिवारमा मात्र नभई ख्रीष्टियान परिवारमा पनि भइरहेको छ । छोराछोरी कुन अवस्थावाट गुज्रीरहेका छन ?, के कुरा सित संघर्ष गरिरहेका छन ? र कस्तो मार्गमा हिडिरहेका छन ? जस्ता कुराहरुको बारेमा अभिभावकले छोराछोरी बाट जवाफदेहिता चाहादैनन । तर पढाई र करियरका कुराको जवाफदेहीता अभिभावकले खोज्दछन् । जसकारणले गर्दा ति अरु कुराको जवाफदेहिता दिनु नपर्ने भइसकेको कारणले गर्दा छोराछोरी एकैपटक कोही नशालु पदार्थको मात्रा नाश गरेको बेलाको अवस्थामा थाहा हुन्छ । कोही लभ गरेर विवाह गरेको बेला थाहा हुन्छ । मेरो भनाईको मतलव के हो भने अभिभावक प्रती छोराछोरी हरेक कुरामा जवाफदेही हुने वातावरण अभिभावकले सिर्जना गरिदिनुपर्छ । जसकारणले गर्दा उनीहरुको जिवनको यात्रामा संघर्ष गर्ने हरेक कुरा अभिभावकले थाहा गर्न सकुन । चाहे त्यो विवाह गर्ने कुरामा किन नहोस । छोराछोरीलाई अभिभावकले ठिक शिक्षा प्रदान गर्नुपर्छ । एउटा इसाई परिवारमा छोराछोरीलाई आत्मिक वातावरणमा हुर्काउनु पर्दछ । अनी त्यो आत्मिक वातावरण बुबा आमाले सिर्जना गरिदिनुपर्दछ । ताकी छोराछोरी त्यो आत्मिक वातावरण हुर्कन सकुन । अव विवाह गर्ने कुरामा पनि अभिभावक जानकार हुनुपर्दछ । अनी छोराछोरी सित विवाहको बारेमा पनि उमेर भईसकेपछि चर्चा गर्नुपर्ने हुन्छ । जुन कुरा प्रायः नेपाली इसाई परिवारमा हुँदैन । त्यसकारणले गर्दा पनी विश्वासी यूवा यूवती अन्यजाती सित विवाह गर्न पुग्दछन् ।

फुटनोट

2. माया मगर, फोनबाट कुराकानी (जुलाई २७, २०२२) ।

पाष्टरले खेल्नुपर्ने पर्ने भूमिका ।

अन्यजाति सित विवाह गर्नुको कमजोरी हो पाष्टरले खेल्नुपर्ने भूमिका नखेलिदिदा । मण्डलीमा विवाह गर्ने उमेर भईसकेका युवा युवतीहरु हुन्छन तर उनीहरु सित विवाह सम्बन्धी कुराकानी र परामर्श साथै कतिजनाको निम्ति जोडी खोजी दिने कुरामा पाष्टरले भुमिका खेलिदिनुपर्छ तर यी कुराहरुको बारेमा पाष्टरले भुमिका नखेलिदा विश्वासी युवा युवतीहरु अन्यजाती सित विवाह गर्ने गर्देछन् भने कति जना जिवनभर अविवाहित बसेका घटनाहरु पनी छन् । सबैजना विश्वासीहरुले आफ्नो निम्ति आफैँ जोडी खोज्न सक्दैनन । जसकारण उनिहरु पाष्टर तथा अभिभावकको सहायता लिन चाहान्छन् । त्यसकारणले गर्दा पाष्टरले बेला बेलामा विवाह गर्ने उमेर भईसकेको मण्डलीका जवानहरुलाई खुलेर विवाह बारे कुराकानी गर्ने वातावरण सिर्जना गरिदिनुपर्दछ । जसकारणले गर्दा उनीहरुको आफ्नो विवाहको योजनाबारे खुलेर पाष्टर सित कुराकानी गर्न सकुन । अनी पाष्टरले ठिक सल्लाह, परामर्श दिन सकुन । जुन कारणले गर्दा उनीहरुलाई आफ्नो निम्ती जोडी आफूले खोज्न वा पाष्टरले खोजीदिनको निम्नी वातावरण बन्न सकोस । जसले गर्दा अन्यजाती सित विवाह उनिहरुको सोचविचार नआओस ।

अन्यजाति सितको विवाहको बारेमा बाइबलले के भन्छ ?

अन्यजाति सितको बारेमा बाइबलले के भन्छ भन्ने कुराको बारेमा चर्चा गर्नुपर्दा व्यवस्था ७ः३–४ मा यसो लेखिएको छ, उनीहरुसँग विवाहबारी नगर्नु । तिमिहरुका छोरी तिनीहरुका छोराहरुलाई नदिनु अथवा तिनीहरुका छोरीहरु तिमीहरुका छोराहरुका निम्ती नलिनु, किनकि तिनीहरुले तिमीहरुका छोराहरुलाई परमप्रभूबाट बहकाएर अन्य देवताको पूजागर्न लाउनेछन् । यसो गर्नाले परमप्रभूको क्रोध तिमीहरुमाथी दन्कनेछ, र उहाँले तिमिहरुलाई नष्ट पार्नुहुनेछ । वास्तवमा परमेश्वरले अन्यजाती सित विवाह नगर्नुु भन्नुको कारण कुनै जातिय कारण वा छालाको रगंको कारण थिएन । बरु यो त धार्मिक कारण थियो । जसकारण नयाँ करारमा पनी २ कोरन्थी ६ः१४ यसो लेखिएको पाउँदछौँ, अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ । किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ ? अथवा अध्यारोसँग उज्यालोको के सहभागिता ? यसरी बाइबलले हामीलाई सिकाउँदछ की हामीले अन्यजाती सित विवाह नगर्नुको कारण धार्मिक कारण हो । अनी पुरानो करारमा हेरौँ भने इस्राएलीहरुलाई परमेश्वरले जुन अन्यजाती सित विवाह नगर्नु नत्रता तिमीहरु उनिहरुका देवताहरुसँग बहकिनेछाँै भन्ने कुरा वास्तवमा इस्राएलीहरुको जिवनमा त्यो कुरा देख्दछौँ । उनीहरुले उहाँको आज्ञालाई तोडे अनी वास्तवमा अन्यजाती स्त्री वा पुरुषसित विवाह गर्दा उनीहरुले परमेश्वरको ठाउँमा मुर्तिहरुलाई पुजेका छन् ।

फुटनोट

3. पाष्टर घनश्याम रामजाली, भिक्टोरी फेलोसिप चर्च (सुर्खेत, अन्र्तवार्ता, जुलाई २५, २०२२) ।
4. व्यवस्था ७ः३–४
5. २ कोरन्थी ६ः१४

निष्कर्ष

नेपाली इसाई जवानहरुमा बढ्दो अन्यजाती विवाह गर्ने कुरा ठूलो समस्याको रुपमा खडा भएको छ । जुन कुराको बारेमा मण्डलीले सोच्नुपर्ने विषय बनेको छ । जसरी माथी चर्चा ग¥यौ की यो समस्या उत्पन्न हुनुका कारणहरु , कमिकमजोरी र बाइबलले यसको बारेमा के भन्छ भन्ने कुरा । हरेक समस्याको समधान पनी हुन्छ । त्यसकारण यो कुराको पनी समाधान छ । जुन समाधानको कुरा विवाहको बारेमा बाइबलिय शिक्षा दिनु, अभिभावक अनी पाष्टरले आफ्नो भूमिका निर्वाह गर्नू हो । त्यसकारणले गर्दा आज हाम्रो मण्डलीमा विवाहको बारेमा जवानहरुलाई शिक्षा, परामर्श तथा यसको बारेमा खुलेर कुराकानी गर्नुपर्दछ । ताकी हामीले यो समस्यालाई समाधान गर्न सकौ ।

बिल्लोग्राफी
१. परियार, बाबु । मेसेन्जर बाट उत्तर । जुलाई २८, २०२२ ।
२. मगर, माया । फोनबाट कुराकानी । जुलाई २७, २०२२ ।
३. रामजाली, पाष्टर घनश्याम । भिक्टोरी फेलोसिप चर्च । सुर्खेत, अन्र्तवार्ता, जुलाई २५, २०२२ ।
४. बाइबल

Leave a Reply