उनको प्रेममा डुब्दा – वास्तविक कथा ।

उनको प्रेममा डुब्दा – वास्तविक कथा ।

  • Post author:
  • Post category:Stories
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing उनको प्रेममा डुब्दा – वास्तविक कथा ।
File Photo

एकदिन म पसलमा बसिरहेको थिए । केही समय ग्राहक नआएपछी फेसबुक खोले । फेसबुको मेसेज बक्समा केही मेसेज आएको रहेछन अनि मैले चेक गर्दैगर्दा सुरुको मेसेज पढ्दा म स्तब्ध भए । त्यहाँ एउटा यस्तो मेसेज आएको थियो जहाँ लेखिएको थियो हेलो जयमसिह, मलाई सहयोग गर्न सक्नुहुन्छ ।

म डिप्रेसनमा जान लागेकी छु । म मेरो कुरा कसैलाई पनी भन्न सक्दिन केही गर्न पनी सक्दिन म यस्तो अवस्थामा पुगेकी छु कि मलाई आत्माहत्या गर्न मन मात्र लाग्छ । मनमा धेरै कुराहरु खेल्छ । म यस्तो अवस्थामा के कुरा गर्नुसक्छु होला ? मैले हजुरलाई मात्र यो कुरा भन्दै छु यद्दपी म सित बस्ने साथीलाई पनि यो कुरा थाहा छैन । हजुर राम्रो परमेश्वरको सेवा गर्ने छोरा भएको कारणले यो कुरा गर्दैछु । म हजुरको सल्लाहको पर्खाइमा छु । प्लिज ढिलो नगर्नुहोला ढिलो भयो भने म यो संसारमा नहुन पनी सक्छु ।

जब मैले यो मेसेज पढे म आत्तीए अनि तुरुन्तै मेसेन्जरमा कल गरे । उनले केही घण्टी गएपश्चात कल उठाइन अनि भनिन म अहिले कुरा गर्ने अवस्थामा छैन । हामी मेसेजमा कुरा गरौँन ल उनले भनेपछी हामी मेसेजमा कुरा गर्न थाल्यौ अनी मैले सोधे के भयो तिमीलाई ? के कारणले यो कुरा गर्दैछौ ? सब कुरा ढुक्क सित भन हामी संगसंगै सबैकुरा परमेश्वर सित बाँडौ । उहाँले यो समस्या बाट छुटकारा दिन सक्नुहुन्छ । अनी उनले आफ्नो कुरा पोख्न सुरु गरिन उनी चाहीँ विगत एक वर्ष अगाडी देखी अइसाई युवा सित प्रेम सम्बन्धमा बसेकी रहेछिन तर एक महिना अगाडी मात्र उनीहरुको ब्रेकअप भएको रहेछ । जसकारणले गर्दा उनी यो अवस्थामा पुगेकी रहेछिन ।

त्यसपछी मैले उनलाई ख्रीष्टको प्रेम तिर नजर लगाउन भने अनि येशू ख्रीष्टले हाम्रो जीवन बचाउन गरेको बलिदानीक प्रेम बारे बताए । अनी उनीले भनिन मैले परमेश्वरको प्रेमलाई भुली संसारको मायामा आफूलाई हराए । आज मलाई पछुतो लागीरहेको छ । मैले उसलाई हदभन्दा पनि बढी प्रेम गरे । जसकारण मलाई आज उसलाई भुल्न गाह्रो भइरहेको छ । उनले केही दिन देखी खाना राम्रो सित खाएकी पनि रहेनछिन नत सुतेकी रहेछिन । हामीले प्रभू सित प्रार्थना ग¥यौ । पवित्र आत्माले सहायता गर्नुभयो । अनी उत्साहको शब्दहरु दिनुभयो । अनि एउटा कुरा जुन मेरो मनमा पवित्र आत्माले हालिदिनुभएको थियो त्यो कुरा उनलाई बताए । ‘‘ कतिपटक हामी जुन कुरा हाम्रो निम्ती होइन त्यो कुरा पाउनको निम्ती मरिहत्ते गर्दछौँ तर परमेश्वरले हाम्रो निम्ती हामीलाई सुहाउने कुरा राखिदिनुभएको हुन्छ ।’’ यसरी उनि सित कुरा गर्दै जाँदा उनी अहिले त्यो कुरा बाट छुटकारा पाएकी छिन । फेरी ख्रीष्टको प्रेममा फर्केकी छिन ।

उनी जस्तै आज कती धेरै युवायुवतीहरु ख्रीष्टको प्रेमलाई भुली उहाँको स्थानमा अरु कसैलाई ठाउँ दिएको कारण कती जनाले आत्माहत्या गरिसकेका छन् । कति जना डिप्रेसनमा छन भने कती जना तितो जिवन बिताउदै विश्वास बाट पछि हटिसकेका छन् । कुरा यहाँ ख्रीष्टियान र अख्रिष्टियान बिचको मात्र होइन तर ख्रिष्टियान विच पनी यस्ता कुराहरु भइरहेका छन् । उनी त आफ्नो पिडा बाँड्ने साहस गरिन र त्यो कुरा बाट छुटकारा पाउन सकिन तर धेरैजना उनी जस्तो आफ्नो पिडा भन्न साहस गर्न सकिरहेका छैनन् । जसकारण त्यो बन्धनमा जिइरहेका छन् । आफ्नो निम्ती जोडी छान्ने कुरा अपरिपक्व मिस्तुरी झैँ यो नटबोल्ट खोल्न कुन रिन्च लाग्ला भनि विभिन्न नम्बरको रिन्च ल्याई प्रयोग गरे जस्तै आफ्नो निम्ती कुन युवा वा युवती ठिक होला भन्दै लभ गर्दै चेक नगर्नुहोस तर अपरिपक्व भएता पनि एउटा ज्ञानी र बुद्दिमान मिस्तुरी जस्तै जसले हेड मिस्तुरी सित कुन रिन्च लाग्छ भनि सोधी ठिक रिन्च प्रयोग गर्ने जस्तै बन्नुहोस ।

जो परमेश्वर सित सोध्नुहोस उहाँले तपाईलाई ठिक समयमा तपाईलाई सुहाउने साथै तपाईको निम्ती बनाएको युवा वा युवती जुटाउनुहुनेछ । उहाँले ठिक समयमा जुटाउनुहुनेछ । तपाई आत्तीएर गलत कदम उठाई आफूलाई हानी नपु¥याउनुहोस् । जीवन सुन्दर छ जो येशूले मोल चुकाएर तपाई र मलाई दिनुभएको छ । उहाँको बलिदानलाई व्यर्थ हुन नदिनुहोस् । किनकी यदि कुनै मानिस ख्रीष्टलाई पहिलो प्रेम नगरी जिउँदछ भने उसको जीवन असन्तुलन बन्न जाँदछ । तर ख्रीष्टलाई पहिलो प्रेम गरी जिउँछ भने उसको जीवन सन्तुलन हुदँछ ।

– निशान घर्ति मगर

 

Leave a Reply