मेरो नाम नन्दराम घर्ति हो । मेरो जन्म हिन्दु परिवारमा मध्यपश्चिम क्षेत्रको सल्यान भन्ने जिल्लामा भएको हो । जब म १३ वर्षको थिए । मेरो परिवारमा एउटा घटना घट्यो । मेरो आमा बुबा र बहिनी जङ्गलमा दाउरा लिन गएको बेला गाउँकै एकजना छिमेकीले तलबाट आगो लगाइ दिँदा जङ्गलमा नै ३ जनाको मृत्यू भयो । त्यो समयमा मेरो काका नेपालगंजमा १२ कक्षामा पढ्दै हुनुहुन्थ्यो । मेरो घरमा त्यो घटना भएपछि उक्त गाउँमा नबस्ने निर्णय गरी नेपालगंजमा बसाइँसराई ग¥यौ । मेरो २ वटा भाईहरु अनी बाजे बज्यै अनी अङ्कल हुनुहुन्थ्यो । नेपालगंज आएपछि थाहा भयो मेरो अङ्कलले येशू ख्रीष्टलाई विश्वास गर्नुभएको रहेछ । मैले नेपालगंजमा आएपछि नै येशूको बारेमा अङ्कल बाट सुन्न पाए । उहाँले येशूको बारेमा मलाई बताउनुभयो । तर छिमेकीहरुमा येशूको बारेमा फरक धारणा बोकेका थिए । उनिहरु भन्थे यो बाइबल पूरा पढेन भनेता पागल हुन्छन रे अनी इसाईहरुले त गाईको रगत खान्छन रे यस्ता प्रकारका कुराहरु गर्दथे । मैले येशू ख्रीष्टको बारेमा राम्रो सित नबुझेको कारणले मलाई छिमेकीका कुराले केही समय दोधारमा पा¥यो । म प्राय एकान्तमा बस्न रुचाउथे । घरमा त्यत्रो घटना घटेपछी मेरो जिवन निराशा, एक्लोपन अनी पिडामय भएको थियो । तर मैले एकदिन कोठामा एक्लै पल्टिरहेको बेला टेबुलमा बाइबल देखे । मलाई त्यो दिन एउटा यस्तो साहश आयो की पागल भएपनि होला तर आज पढ्छु । जब मैले बाइबल पढ्न थाले तब मैले सानो हुँदा मेरो मनमा खेल्ने प्रश्नहरुको उत्तरहरु बाइबलमा भेट्न थाले । त्यो कुराले मलाई निकै आनन्दित तुल्यायो । यसरी ति छिमेकीले मेरो मनमा हालिदिएका भ्रमहरुको पोको भत्कियो । अनी मैले ख्रीष्टलाई विश्वास गरे । यसरी ख्रीष्टमा मेरो विश्वासको यात्रा शुरु भयो । थुप्रै उताप चढापहरु आए । जब म २४ वर्षको थिए त्यतिबेला मलाई उहाँको सेवा गर्नको निम्ति बोलावट पाए । त्यो भन्दा अगाडीका वर्षहरुमा जब म बाइबल हाजिरीजवाफ प्रतियोगीतामा भाग लिने गर्थे त्यो समयमा मेरो अङ्कलले जिस्केर पछि गएर यो पाष्टर बन्छ भन्नुहुन्थ्यो । वास्तवमा त्यतिबेला मलाई सेवा गर्नको निम्ति चासो थिएन । तर हाल मैले God’s Plan मण्डलीमा पाष्टरीय सेवा गर्दै आईरहेको छ ु । यसरी ख्रीष्टले मलाई चुन्नुभयो अनी उहाँको सेवाको निम्ति बोलावट दिनुभयो जसकारणले गर्दा आज उहाँको सेवा गर्ने मैले मौका पाएको छु । उहाँ प्रति म धन्यवादी छु ।

 

विश्वासको सार

म विश्वास गर्दछु

एक इश्वर सर्वशक्तिमान पिता श्वर्ग र पृथ्वी सृजने माथि।

अनि उहाँको एक्ले पुत्र हाम्रा प्रभुयेशू ख्रीष्ट माथि।

उहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो।

कन्य मरियम देखी जन्मनुभयो। पन्तियस पिलातसको अधिकारमा दु:ख भोग्नुभयो।

क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो।

आत्मालोकमा उत्रनुभयो  तेस्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो ।

स्वर्गमा चढिजानुभयो सर्वशक्तिमान इश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ ।

जहाँ देखी उहाँ जीउँदो र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ ।

म विश्वास गर्दछु पवित्र आत्मा माथि, पवित्र विश्व मण्डली माथि,

पवित्रहरुको संगती माथि, पाप मोचन माथि, शरिरको पुनरुत्थान माथि र अजम्वरी जीवन माथि। आमिन्।