छोराको आशमा छोरी जन्मीदा निराश ।

छोराको आशमा छोरी जन्मीदा निराश ।

  • Post author:
  • Post category:Blog
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing छोराको आशमा छोरी जन्मीदा निराश ।
File Photo

हिजो हाम्रो चर्चको एकजना बहिनीको डेलिभरी हुने समय नजिक आएपछि उनको श्रीमानले हस्पिटल लिएछन् । हस्पिटल लिएपछि राती करिब १ बजेतिर फोन आयो । मेरो सुताई राती ढिलो हुने भएकोले ‘ इशाई ईश्वरशास्त्रीय’ भन्ने बुक पढ्दै थिए । अनी मैले भाईको फोन उठाइएसकेपछि उहाँले फोनमा भन्नुभयो पाष्टर ज्यू यहाँ छोरा मान्छेलाई त डेलिभरी कक्षमा पस्न दिदोरहेनछ, तपाईहरु आइदिन सक्नुहुन्छ कि ? उहाँले त्यसो भनेपछि चिन्ता नगर्नुहोस हामी आउँछौ भनेर फोन काटे । त्यसपछि श्रिमतीलाई उठाएर हस्पिटल जानको लागी भने साथै अर्को विश्वासी बहिनीलाई पनी हस्पिटल लैजानुप¥यो भनेर ति बहिनीलाई पनि फोन गरेर बाटोमा बस्नु हामी यता बाट आउँदैछौ हस्पिटल जानुप¥यो भनेपछि बहिनीले पनि सहजै हुन्छ भनिन । अनी हामी तीन जना हस्पिटल पूग्यौ ति बहिनी र मेरो श्रीमतीले ति भाइृको श्रीमतीलाई वास्ता गर्नको लागी खटिईन । तर भित्र १ जनालाई मात्र जान दिने भएपछि हामी तीनजना डेलिभरी कक्षको बाहिर पट्टि बसिरहेका थियौँ । हामी सित बाहिर कुर्नेमा एकजना लगभग ४५–५० वर्षको महिलाले आफ्नो बुहारीलाई लिएर आएकी रहेछिन् । उनको छोरा पनि उनको साथमा बाहिर कुरिरहेका थिए । केहि समय पश्चात ति महिलालाई भित्रबाट एकजना नर्स आएर तपाईको मान्छेको छोरी जन्मियो भनेर भनिन । जब त्यो छोरी जन्मिएको कुरा ति महिलाले सुनिन उनको अनुहार एक्कासी कालो भयो अनी एकजना उनलाई चिन्ने मान्छे आएर उनलाई भन्यो के भयो तपाईको बुहारीको ? जब उनलाई त्यो प्रश्न ति मान्छेले तेर्साए उनी आक्रोशमा छोरी पाईकी छ रे भन्दै रिसको झोकमा भित्र तिर गईन । हामी त छक्क प¥यौ । अनी मेरो मनमा यस्तो कुरा आयो कि हामी कस्तो समाजमा बस्दै छौँ ? जहाँ छोराको निम्ति मरिहत्ते गर्छौ अनी छोरीको निम्ति आफ्नो चाहाना बन्द गर्छौ ? उनको त्यो बुहारीले छोरी पाउँदाको आक्रोश अनी अध्यारो अनुहार मेरो दिमागमा लामो सम्म बसिरह्यो । हामी एकअर्का विच ति महिलाको बारेमा कुरा गर्दै थियौ त्यही समयमा हाम्रो विश्वासी बहिनी भित्र ति भाईको श्रीमतीलाई ज्वानोको झोल दिन गएकी थिईन उनी पनि आईन । अनी उनले पनि यसो भनिन जब ति महिलाको बुहारीले बालक जन्माईन । नर्सले उनलाई तपाईको छोरी जन्मेको छ भन्दा उनले आफ्नो आँखा माथी तिर लगाएकी थिईन रे । मलाई यस्तो लाग्यो उनलाई छोरा जन्माउनको लागी घरबाट प्रेसर थियो होला । जसकारण उनीले छोरी जन्म दिदा उनी खुशी थिईनन् ।

 

Leave a Reply